भरिया


















दिन भरी काम गरी थकाई को सुस्केरामा
एक पेट खान नपाई आधा पेट को बेदनामा
छोरा छोरी च्याच्या चुचू यो रातको सँङ्घारमा
निन्द्रा छैन यो दुखी लाई निरासा को यो जिबनमा

दिनभरी भरिभोक्छ तिर्खायीको तड्पाइमा
पसिनाको खोलो बग्छ पिल्सिएको यो शरीरमा
पुरा शरीर डडीसक्यो एकसरोको अभाबमा
थकाई छैन यो ढुखी लाई घनघोर उकालोमा

खुट्टा फुडछ चररर चप्पलको अभाबमा
डाम बस्छन रगतको चटान भरी उकालोमा
कतीखेर दिन जान्छन त्यो भारी को मिचाइमा
छामछाम छुम छुम गर्दै हिंड्नु पर्ने त्यो कडाको बिजाइमा

हिंड्नु पर्छ यो दुखी ले मुसल्धारे बर्षाइमा
आत्मा सुक्छन यो दुखीको टन्टलापुरे त्यो घाममा
दाराकिटी बोक्नुनै पर्ने तड्पी तड्पी भोकायीमा
दु:ख कती गर्नु यो जीवनको बसाइमा

मरी मरी कामगर्यो सन्तानको जिबाइमा
शरीर दुक्छ चस्किचस्की त्यो रातको बसाइमा
शान्ति छैन यो दुखी लाई दिनयात रातमा
उपचार गर्ने केले अब पैसाको अभाबमा

भारी बोक्छ भरिया हो मनिषाको देखाइमा
तिश्ण बचन शहनु पर्छ शाहुको भनाइमा
जती आशु झारे पनि जीवनको बसाइमा
सारा दु:ख भुल्छ उस्ले सन्तानको हसाइमा

प्रतिकृया यहाँ पठाउनु होला